किम जोङ नामको शव स्वदेश फिर्ता गरी सम्झौता

एजेन्सी, चैत्र १८ ।
किम जोङ नामको शव उनका सौतेनी भाई उत्तर कोरियाका नेता किम जोङले मलेसियाबाट उत्तर कोरियाको प्योङयाङ लगिएको चीनियाँ सुरक्षा अधिकारीले जनाएको छ ।
उत्तर कोरियाले त्यस शवको पहिचान पुष्टि नभएको जनाएको छ । नौ जना मलेसियाका नागरिकलाई उत्तर कोरियाबाट स्वदेश फिर्ता गराएका छन् । दुई देशका नागरिकलाई गत फेब्रुअरीदेखि आउन जान प्रतिबन्ध लगाएको थियो ।
तीन जना उत्तर कोरियाली नागरिकलाई मलेसिया छाड्न अनुमति दिएको मलेसियन प्रहरीले जनाएका छन् ।४५ वर्षीय किम जोङ नामको गत फेब्रुअरी १३ मा मलेसियाको क्वालालम्पुर विमानस्थलमा हत्या भएको थियो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले नियमित पत्रकार सम्मेलनमा मलेसियामा हत्या गरिएका किम जोङ नामको शव स्वदेश पुर्याइएको जानकारी दिएका छन् ।‘अन्तर्राष्ट्रिय नियम र मानवताबादी भावनाअनुसार विदेशमा मारिएका व्यक्तिको शव स्वदेशमा पुर्याउन सहयोग गर्नु हाम्रो दायित्व पनि हो’ उनले भने ।
प्रतिक्रिया