चीनमा नयाँ नियम लागू, दाह्री पाल्ने र अनुहार ढाक्न प्रतिबन्ध

प्रकाशित मिति: १९ चैत्र २०७३, शनिबार ०९:२६


एजेन्सी, चैत्र १९ ।
चीनको सिनजियाङ क्षेत्रमा नयाँ कानून लागू गरिएको छ । इस्लामवादी उग्रवादी ठान्ने समूहविरुद्धको अभियानलाई बेइजिङले तीब्र बनाई रहेकै समयमा चीनस्थित सिजजियाङमा सो कानून लागू गरिएको हो ।

उक्त कानूनले इस्लाम धर्म मान्ने उइगर जातिलाई असाधारण रूपमा ठूलो दाह्री पाल्न र सार्वजनिक स्थलमा अनुहार ढाक्ने गरी वस्त्र लगाउनसमेत प्रतिबन्ध लगाइएको छ ।

अबदेखि उइगर समुदायका केटाकेटीहरूले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्नेछ । आलोचकहरूले नयाँ कानूनले आफ्नो थातथलोको संस्कृति लोप हुने खतरा बढेको बताएका छन् ।

नयाँ व्यवस्थाहरूमा धेरै लामो दाह्री पाल्न नदिने, सार्वजनिक स्थलमा मुख ढाक्ने गरी बुर्कासहितका कपडा लगाउन नमिल्ने र सरकारी टेलिभिजन हेर्न अस्वीकार गर्न नमिल्नेसहितका प्रावधान बनाएका छन् ।

त्यसबाहेक बालबालिकालाई सरकारी विद्यालयमा पढाउनबाट रोक्न नमिल्ने, परिवार नियोजनका नीतिहरू पालना गर्नुपर्ने, धार्मिक मान्यताअनुसार मात्रै विवाह गर्न नहुने जस्ता व्यवस्था राखिएको रोयटर्स समाचार संस्थाले उल्लेख गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....