‘कृषि विकासका लागि सरकारले साझेदारी रूपमा काम गर्दै लाने’ : कृषिमन्त्री चौधरी

भक्तपुर, चैत्र १९ ।
कृषिमन्त्री गौरीशङ्कर चौधरीले सरकारले आगामी बजेटमा कृषिमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याउने तयारी भइरहेको बताएको छ ।
भक्तपुरको सूर्यविनायकमा जिल्ला कृषि सहकारी सङ्घले आयोजना गरेको दुई दिने बृहत कृषि मेलाको उद्घाटन गर्दै उनले कृषिमा नेपाललाई आत्मनिर्भर बनाउन सरकार अघि बढिरहेको बताएका हुन् ।
कृषि सहकारीको माध्यम एवं निजी कृषि संस्थाबाट पनि कृषिको विकासका लागि सरकारले साझेदारी रूपमा काम गर्न खोजेको बताउँदै उनले कृषि क्षेत्रलाई माथि उकास्न सरकारले थप कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् ।
उक्त कार्यक्रममा जिल्ला कृषि सहकारी सङ्घका अध्यक्ष उत्तम सापकोटाले भक्तपुरलाई नमुना कृषि जिल्लाको रूपमा विकास गर्न मेला आयोजना गरिएको बताउँदै मेलामा ३५ हजार भन्दा बढी कृषकले मेलाको अवलोकन गर्ने अपेक्षा लिएको बताए ।
प्रतिक्रिया