अध्यक्ष ओलीको दाबी : राष्ट्रियभन्दा जातीय र क्षेत्रीय भावना ल्याउन खोजियो

प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार ०६:४८


काठमाडौं, चैत्र २० ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशमा राष्ट्रिय भावनाभन्दा जात, भूगोल र क्षेत्रको भावना ल्याउन खोजिएको दाबी गरेका छन् ।

समसामयिक अध्ययन केन्द्रद्वारा आयोजित ‘वर्तमान संविधान र राष्ट्रियता’ विषयक विचार गोष्ठीमा बोल्दै उनले जात, भूगोल, क्षेत्रको भावना ल्याउन खोजिएकाले अहिले राष्ट्रियता चाहिएको बताएका हुन् ।

उनले राष्ट्रियताका सवालमा कसैसँग कुनै पनि किसिमको सहमति गर्न नसकिने भन्दै सबै दल राष्ट्रियतामा एकमत भएर लाग्नुपर्ने धारणा राखे ।
राष्ट्रियता अहिले जनतामा देखिएको बताउँदै उनले राष्ट्रिय हितभन्दा दलीय हितलाई माथी राखेर राजनीतिक दलले काम गरिरहेको आरोप समेत लगाए ।

उनले देशमा कानूनको शासन नभएकाले देशमा समस्या बल्झिएको बताउँदै कानूनी शासन चल्ने हो भने दुई वर्षभित्रमा देशको समस्या समाधान हुने दाबीसमेत गरेका छन् ।

‘‘कानूनी शासन नभएकाले देशमा जसले जे गर्न पनि छुट पाएकाले देशमा समस्या भएको छ”, उनले भने “तीन तहको निर्वाचन गराएर संविधान कार्यन्वयनमार्फत कानूनी शासन लागू गर्नुपर्दछ ।” उनले तीन वटै तहको निर्वाचन गरेर लोकतन्त्र, कानूनको शासन र छिमेकीसँगको सन्तुलन कायम गर्ने धारणा व्यक्त गरे ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....