कोलम्बियामा पहिरो जाँदा दुई सयभन्दा बढीको मृत्यु

एजेन्सी, चैत्र २० ।
कोलम्बियाको दक्षिण–पश्चिम क्षेत्रमा पहिरो जाँदा कम्तीमा दुई सय छ जनाको ज्यान गएको छ भने सयाैँ घाइते भएका छन् । कोलम्बियाको पुल्टोमायो प्रान्तमा राति घण्टौँसम्म आएको वर्षाले नदीमा माटो जमेर बाढी घरभित्र पसेकाे छ ।
बाढीका कारण दुई सय २० जना मानिस हराइरहेका छन् भने दुई सय दुई जना घाइते भएको रेडक्रस सोसाइटीले जनाएको छ ।
राष्ट्रपति जुआन म्यालुयल सान्तोसले बाढीबाट ग्रस्त क्षेत्रमा अवलोकनसमेत गरेका छन् । उक्त ठाउँको अवलोकनपछि राष्ट्रिय सेनालाई आपतकालीन रूपमा तैनाथ गरिएको गरेका छन् भने बाढीबाट ग्रस्त क्षेत्रलाई आपतकालीन राज्य घोषणा गरेको छ ।
उद्दारका लागि एक हजार एक सयभन्दा बढी सैनिक तथा प्रहरी अधिकारीहरू तैनाथ गरिएको समाचार एजेन्सीले जनाएको छ । खराब मौसमका कारण उद्दार गर्न कठिनाइ र क्षतिग्रस्त पूर्वाधार पन्छाउन गाह्रो भएको जनाएको छ ।
त्यहाँ अासपासका १७ वटा छिमेकी गाउँ प्रभावित भएको तथा त्यस पहिरोका कारण घर तथा गाडीहरू पुरिएका छन् । इक्वेडर र पेरू सीमा क्षेत्रमा रहेका यस क्षेत्र कृषि तथा पेट्रोलियम उद्योगमा निर्भर रहँदै आएका छन् ।
छिमेकी देश पेरूमा पनि गत वर्ष मात्र भारी वर्षापछि आएको बाढी पहिरोका कारण ९० भन्दा बढी मानिसको ज्यान गएको थियो ।
प्रतिक्रिया