एट्लान्टिक महासागरमा दक्षिण कोरियाको पानीजहाज बेपत्ता

एजेन्सी, चैत्र २० ।
ब्राजिलबाट सामान बोकेर ल्याउँदै गरेको दक्षिण कोरियाली कार्गो पोत पानीजहाज एट्लान्टिक महासागरको दक्षिण भागबाट बेपत्ता भएको छ ।
समुद्री किनाराबाट २५०० किलोमिटरसम्म सम्पर्क रहँदा २४ जना चालक दलका सदस्य रहेको कोरियाली समाचार एजेन्सीले जनाएको छ ।
उद्दारकर्मीले दुई जना फिलिपिन्स चालकलाई फेला पारेको छ भने २२ जना हराएकाको खोजी कार्य व्यापक रूपमा भइरहेको स्थानीय एक अधिकारले बताएका छन् । ब्राजिल र उरुग्वेबाट पनि उद्दारका लागि सहायता लिएको समाचारमा जनाइएको छ । त्यस जहाजमा आठ जना कोरियाली नागरिक र १४ जना फिलिपिन्स नागरिक रहेका छन् ।
एक चालक दलका सदस्यबाट प्राप्त सन्देशमा पोर्ट पानीजहाज पानीमा लिएर जाँदा तीब्र गतिमा रहेको कोरियाली पोलरिस ढुवानी संघले जनाएको छ ।
प्रतिक्रिया