एक धार्मिकस्थलमा आक्रमण हुँदा बीसको हत्या, कैयौं घाइते

एजेन्सी, चैत्र २० ।
पाकिस्तानको पञ्चाब प्रान्तको सरगोधा शहरमा रहेको एक धार्मिकस्थलमा सुफी समुदायका महम्मद अलि गुजारका अनुयायीहरू सहभागी रहेको कार्यक्रममा आक्रमण हुँदा बीस जनाको हत्या भएको छ भने कैयौं घाइते भएका छन् । मारिनेहरूमा १७ जना पुरुष रहेका छन् भने तीन महिला परेका छन् ।
स्थानीय समाचार संस्थाले जनाएअनुसार उक्त धार्मिकस्थलको हेरचाह गर्ने व्यक्ति स्वयंले धारिलो हतियारले आक्रमण गरेको हो । घाइतेहरूको जिल्लास्थित अस्पतालमा उपचार जारी रहेको छ ।
गत शुक्रबार रातिबाट आक्रमण सुरु गरिएको भए पनि प्रहरीलाई शनिबार मात्र सो घटनाबारे जानकारी आएको बताइएको छ ।
कार्यक्रममा आएका व्यक्तिहरूलाई सुरुमा विषाक्त खाना खुवाएपछि उनीहरूलाई धारिलो हतियारले आक्रमण गरिएको थियो । घटनाका मुख्य शंकास्पद व्यक्ति अब्दुल वाहिद र उनका तीन जना साथीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया