चुनावपछि अरू पार्टी सबै साईनबोर्डमा सीमित हुने अध्यक्ष ओलीको दाबी

प्रकाशित मिति: २० चैत्र २०७३, आईतवार १९:५०


काभ्रे, चैत्र २० ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी स्थानीय तहको चुनावपछि अन्य पार्टीहरू साईनबोर्डमा मात्र सीमित हुने दाबी गरेका छन् ।

बनेपा नगर कमिटीको कार्यालय उद्घाटनपछि आयोजित कार्यकर्ता भेलामा सम्बोधन गर्दै उनले भने, ‘अब अन्य पार्टीको साईनबोर्ड त निकाल्नुस् भन्दिनँ, तर उहाँहरूको साईनबोर्ड बाहेक अरू केही पनि रहँदैन ।’

भेलालाई सम्बोधन गर्दै ओलीले अन्य पार्टीमा नीति, विचार र विकासका एजेण्डा नभएको दाबी गरे । ‘ड्राइभरको सिटमा एमाले हुनैपर्छ’ भन्दै ओलीले एमालेसँग अन्य पार्टीले तुलना गर्न नमिल्ने दाबीसमेत गरेका छन् । व्यक्ति जो सुकै भए पनि चुनावमा एमालेले तेतृत्व गर्नुपर्ने उनको भनाई थियो ।

उनले भने, ‘देश एमालेले बाहेक कसैले बनाउँदैन । सरकारहरू मेनपावर कम्पनीका दलाल भएर युवाशक्तिले विदेशमा रगत पसिना बगाएर रेमिट्यान्सले देश चलाउँछु भन्नु मुर्खता हो ।’

६४ वटा पार्टीका ६५ जनाले चुनाव हुन दिन्नौँ भन्दैमा चुनाव नरोकिने बताउँदै उनले राजनीतिमा ध्रुवीकरण चलिरहेकाले देशभक्त एकातिर र अन्य एकातिर हुँदै गएको टिप्पणी गरे ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....