अमेरिका एक्लैले उत्तर कोरियाले सृजना गरेको परमाणु समाधान गर्ने

एजेन्सी, चैत्र २१ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाअनुसार उत्तर कोरियाले निर्माण गरेका परमाणु खतरालाई समाधान गर्न चीनले सहयोग नगरे अमेरिका एक्लैले समाधान गर्ने बताएका छन् ।
ब्रिटिस पत्रिका द फिनान्सिएल टाइम्ससँगको एक अन्तर्वार्तामा उनले भने, चीन सरकारले अमेरिकालाई परमाणुको विषयमा साथ नदिए तापनि उत्तर कोरियाले निर्माण गरिँदै आएको परमाणुको समस्या समाधान खोज्ने अबको चुनौती अमेरिका एक्लैको भएको बीबीसीले उल्लेख गरेको छ ।
चीनियाँ राष्ट्रपति सी जिन पिङले यही हप्ता अमेरिकाको भ्रमणमा जान लागेको बेला चीनले पनि उत्तर कोरियाले निर्माण गरेका परमाणु खतराको समाधान गर्न खोज्नु चीनको दायित्व पनि हो उनले भनेका छन् ।
उत्तर कोरियामा चीनको प्रभाव रहँदै आएको छ भने चीनले पनि उक्त समस्याको समाधान गर्नमा साथ दिएमा सबैको राम्रो हुने अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई रहेको छ ।
प्रतिक्रिया