टर्कीमा गलेन आन्दोलनका क्रममा एक लाख भन्दा बढी पक्राउ : गृहमन्त्री सोयलु

प्रकाशित मिति: २१ चैत्र २०७३, सोमबार १३:०६


एजेन्सी, चैत्र २१ ।
टर्कीमा सन् २०१६ जुलाईदेखि अहिलेसम्म भएको गलेन आन्दोलनका क्रममा प्रदर्शनकारीहरू पक्राउमा परिरहेको छ । टर्कीका गृहमन्त्री सुलेमन सोयलुले टर्कीमा भएको प्रदर्शनमा एक लाख १३ हजार २६० जना पक्राउ परेको जानकारी दिएका छन् ।

टर्कीमा पक्राउ परेका मध्ये दश हजार ७३२ जना प्रहरी अधिकृत, सात हजार ६४३ जना सैनिक सिपाही, १६८ जना सैनिक जर्नेल, दुई हजार ५७५ जना न्यायाधीश तथा न्यायाधिवक्ताहरू, २६ हजार १७७ जना आम नागरिक र २०८ जना स्थानीय प्रशासक रहेको उनले स्थानीय एक टेलिभिजनलाई दिएको अन्तवार्तामा बताएका हुन् ।

गृहमन्त्री सोयलुकाअनुसार पक्राउ परेका २३ हजार ८६१ जनालाई हिरासतमुक्त गरिएको छ भने ८६३ जना अझै पनि फरार रहेका छन् ।
अमेरिकाको समर्थन पाएका फेथुल्लाह गलेनले सन् २०१६ को जुलाई १५ मा कु गर्ने असफल प्रयास गरेको टर्की सरकारले आरोप लगाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....