चोभारमा रहेको आदिनाथ मूर्तिको आज खटजात्रा

प्रकाशित मिति: २२ चैत्र २०७३, मंगलवार १२:३४


काठमाडौं, चैत्र २२ ।
काठमाडौंको दक्षिणभेगस्थित कीर्तिपुरमा रहेको चोभारको आदिनाथको मूर्तिलाई आज खटजात्रा गरिएको छ ।

प्रत्येक वर्ष चैते दशैँको दिन बिहानै स्थानीयहरूले चोभार मन्दिरको डाँडाबाट करिब तीन किलोमिटरको दूरी तल रहेको नख्खु दोभानसम्म मूर्तिलाई खटमा राखेर बाजागाजासहित लगेर नदीमा स्नान गराए पछि पूजा गर्ने परम्पराअनुसार त्यहाँ आज विशेष पूजा गर्ने चलन रहेको छ ।

प्राचीन समयमा मूर्ति सोही दोभानमा फेला परेपछि चोभारका स्थानीयवासीले मन्दिर बनाई डाँडामाथि लगेर आजकै दिन स्थापना गरेको जनविश्वासमा आजै जात्रा गरिने परम्परा बसेको पुजारी सरोज शाक्यले जानकारी दिएका छन् । बुधबार महास्नान गराइएका काठमाडौं उपत्यका तथा त्यस आसपास क्षेत्रबाट जात्रामा सहभागी हुन भक्तजनहरूको घुइँचो लाग्ने गर्छ । चैते दशैंको दिनमा मात्र सो खटजात्रा निकाल्ने गरिन्छ । आदिनाथ मन्दिरलाई हिन्दू धर्मावलम्बीले शिव शक्तिका रूपमा र बौद्ध धर्मावलम्बीले लोकेश्वरका रूपमा आस्था प्रकट गर्ने गर्छन् ।

करुणाका प्रतीकका रूपमा समेत मानिने आदिनाथको सो जात्रामा सहभागी भएमा रोगव्याधीबाट मुक्ति हुने र सकारात्मक ऊर्जा प्राप्त भई असल कार्यका लागि प्रेरणा मिल्ने जनविश्वास रही आएको छ । साँझ स्थानीयवासीको घर आँगनमा मूर्तिलाई पु¥याएर दर्शन गराइने र मन्दिरमा प्रसाद वितरण गरिने कार्यक्रम छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....