उत्कृष्ट फेसन सो ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ को तयारी सुरु

काठमाडौं, बैशाख ७ ।
समयको परीवर्तन सँगै नेपालमा पनि आधुनिकतले छोएको छ यसैक्रममा नेपाली फेसन बजारमा आधुनिकता थपिएसागै बिभिन्न उत्कृष्ट फेसनका सोहरुले बिषेश प्रथामिकता पाउन थालेका छन् ।
यस्तैमा एक अन्तराष्ट्रिय स्तरको फेसन सो ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ को तयारी सुरु भएको छ । सो कार्यक्रमको ब्यावस्थापक नेक्स्ट मोडल्स नेपालले सोमबार एक बिज्ञप्ती मार्फत फेसन सो नेपालकै उत्कृष्ट बनाउने तयारी भइरहेको जनाएको छ ।
नेपाली कपडाको प्रवर्धन तथा नेपाली पहिरनलाई बिश्वसामु पहिचान गरााउने उदेश्यले यहि २५ मेका दिन राजधानीको सोल्टीक्राउन प्लाजमा आयोजना गरिने यो बर्षको उत्कृष्ट फेसन सो हुने ब्यावस्थापक संस्थाका प्रमुख रबि धमलाले जानकारी दिएका छन् ।
ब्यवसायिक तथा उच्च घराना, नेपालका सेलिब्रेटी महिला तथा पुरुषहरू माझ निकै लोकप्रिय डिजाइनर ‘दलजीत सुदान’ले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेको फेसनका डिजानहरू सोमा प्रस्तुत गराउने जानकारी दिएका छन् ।
उत्कृष्ट फेसन सोको रÞ्याम्पमा उत्कृष्ट मोडल प्रस्तुत गर्ने उदेश्यले राजधानीमा अडिसन मार्फत मोडल समेत छानिएको छ ।
१५० भन्दा बढी महिला तथा पुरुष मोडल सहभागी अडिसनबाट कम्तिमा ५ फिट ५ इन्च उचाही भएका १० महिला र ५ फिट ११ इन्च हाइट भएका पुुरुष गरि १८ मोडल छानिएका छन् ।
रनवे मोडलको मुख्य बिषेशता उचाही रहेकोले मोडल छान्दा उचाहीलाई पनि प्रथामिकता दिइएको नेक्स्ट मोडल्स नेपालकी निर्देशक यतना पाण्डेको जानकारी ।
सोका लागी छानिएका मोडलसागै ६ जना अर्थात आधा दर्जन टप सेलिब्रेटी समेत रÞ्याम्पमा उत्रिने पाण्डेको भनाई ।
सोमा दलजित सुदान, दिक्पाल कार्की, नग्मा श्रेष्ठ, रचना गुरुङ, रोजिन शाक्य, आस्था पोखरेल, रिया मल्ललगायतका अडिसन राृण्डका निर्णायक रहेका थिए ।
प्रतिक्रिया