प्रहरी आफैँ असुरक्षित हुँदा जनतालाई सुरक्षा कसरी दिने ?

अछाम, बैशाख १२ ।
जिल्ला प्रहरी कार्यालय, अछाम मातहतका विभिन्न १९ वटा प्रहरी यूनिट आफ्नै भवन नहुँदा जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता छ । जिल्ला प्रहरी कार्यालयलगायत नौवटा प्रहरी यूनिट मात्रै आफ्नै भवनमा बसेका छन् भने बाँकी प्रहरी यूनिट असुरक्षित र जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
सबैलाई सुरक्षा दिने प्रहरीले नै जोखिमपूर्ण र असुरक्षित घरमा बस्नुपर्दा निकै समस्या भएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ । प्रहरी यूनिटलाई पछिल्लो समय समयदेखि अरूको घरमा भाडा तिरेर बसेकास्थानीय तहका कारण थप समस्या भएको छ ।
स्थानीय तहका कारण भाडा बढाउने र घर छोड्नका लागि ताकेता गर्ने समस्याका कारण भाडाका घर नै नपाउने जस्ता समस्या पनी बढेको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिएका छन् ।
“भाडाका १९ वटा प्रहरी यूनिटमध्ये पाँचवटा यूनिट त अति जीर्ण भवनमा बस्नु परेको छ,” प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, “प्रहरी आफैँ असुरक्षित हुँदा जनतालाई सुरक्षा दिन थप समस्या भएको छ ।”
कालेकाँडा, शान्तडा, मेल्लेख, ढकारी र सिउडी प्रहरी चौकी अतिनै जोखिमपूर्ण घरमा बसेर सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय अछामको भनाइ छ ।
प्रतिक्रिया