अवार्ड वितरण गर्न बलिउड अभिनेता गाेविन्दा नेपालमा

प्रकाशित मिति: ३० भाद्र २०७५, शनिबार १४:४३


काठमाडाैं, भाद्र ३० ।
भारतीय चलचित्रका चर्चित अभिनेता गोविन्दा आज नेपाल अार्इपुगेका छन् । भाेलि भाद्र ३१ गते राजधानीमा आयोजना गर्न लागेकाे एलजी सिनेमा सर्कल अवार्ड–२०७५ मा सहभागी हुन गोविन्दा नेपाल आएका हुन् ।

छोरी टिनाको साथमा नेपाल आएका गोविन्दाले भने अायाेजित पत्रकार सम्मेलनमा बाेल्दै उनले भने, ‘मलाई जति पनि नेपालबाट माया मिलेको छ, त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । यसपटक म एक अवार्ड समारोहका लागि आएको छु ।’ गोविन्दाले कला र कलाकारलाई जनताले दिने प्रेम विशेष हुने उनको भनाई थियो ।

गोविन्दाले पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी दर्शनका लागि जाने बताएका छन् । गोविन्दालाई पत्रकारले नेपाली बोल्न आग्रह गर्दा उनले भने, ‘अलि अलि आउँछ । कस्तो छ ?’ गोविन्दाले सबैलाई आफूले प्रेम गर्ने र नेपाललाई प्रेम गर्ने भन्दै केही गल्ती भए क्षमा दिनसमेत आग्रह गरेका थिए ।


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....