‘मिष्टर एण्ड मिस नेपाल आइकन–२०१८’ को प्रथम चरण अडिसन सम्पन्न

काठमाडौं, असोज ३ ।
बाटिका इन्टरटेन्मेण्ट (प्रा.) लिमिटेडको आयोजनामा ‘मिष्टर एण्ड मिस नेपाल आइकन– २०१८’ हुने भएको छ । देशैभरीका विभिन्न कलेजमा अध्ययनरत १६ वर्षदेखि २८ वर्ष उमेर समूहका युवा–युवतीहरूले प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने आयोजकले जनाएको छ ।
पहिलाे अडिसन गत शनिबार काठमाडौंको हाँडीगाउँस्थित धन्वन्तरी स्पोर्टसमा अायाेजना गरेकाे थियाे । करिब १७ जना प्रतियोगिताबाट तीन जना पुरुष र पाँच जना महिला गरी आठ जना प्रतियोगितामा छनौट भएका छन् । अडिसनको निर्णायक मण्डलमा क्रमशः मिस नेपाल–२००० उषा खड्गी, वेलकम एडभर्टाइजिङ्ग एण्ड मार्केटिङ्ग, कि मिडिया, सेल्स एण्ड बिजिनेस डेभलपमेण्ट म्यानेजर बिपुला जोशी खनाल, लोकप्रिय गायिका रेखा शाह र बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.की प्रबन्ध–निर्देशक तथा मिसेज हिमालय नेपाल गोमा अधिकारी धितालको प्रश्नलाई प्रतिस्पर्धीहरूले सामना गर्नुपर्नेछ । दोश्रो चरणको अडिसन असोज ६ गते शनिवार टेकुस्थित बिजिनेज पार्कको मसला कटेजमा सम्पन्न भएकाे छ ।
अडिसन करिब तीन हप्तासम्म चल्नेछ । अडिसनबाट करिब २५ जना महिला र २५ जना पुरुषको छनौट गरी तालिम सुरु गरिने बाटिका इन्टरटेन्मेण्ट प्रा.लि.की प्रबन्ध–निर्देशक गोमा अधिकारी धितालले जानकारी दिएकी छन् ।
कार्यक्रमको अफिसियल कोरियोग्राफीमा मिस नेपाल–२००० की उषा खड्गी रहने छिन् । तालिम अवधिभर विभिन्न उच्च पदस्थ व्यक्तित्वहरूको सहभागिता रहने छ । प्रतियोगिताका बिजेताले एक/एक लाख नगद र स्मार्ट टिभी प्राप्त गर्नेछन् र दुई जना बिजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भाग लिन पाउने आयोजकले संस्थाले जनाएको छ । साथै चार जना बिजेताहरूले पेन्टागन कलेजमा बीबीएस वा बीएसडब्लु मा पूर्ण छात्रवृद्धि प्राप्त गर्नेछन् ।
प्रतिक्रिया