‘नालापानी’ जुन एेतिहासिक लडाँर्इमा अाधारित छ, ट्रेलरसहित

काठमाडाैं, असाेज ११ ।
चर्चित ‘नालापानी’ काण्ड जसलार्इ एेतिहासिक लडाँर्इकाे रूपमा लिइन्छ । साेही ‘नालापानी’काे विषयलार्इ उजागर गर्न निर्माण गरिएकाे साे चलचित्रकाे ट्रेलर अाज राजधानीकाे एक कार्यक्रमका सार्वजनिक गरिएकाे छ ।
भीएफएक्सको अधिक प्रयोग गरिएकाे फिल्म ‘नालापानी’ को अफिसियल ट्रेलर अाज लञ्च गरिएको हाे । कार्यक्रमकाबीच कलाकार र निर्माण टीमको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको छ । सन् १८१४ मा देहरादुनस्थित ‘नालापानी’ गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजकातर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर साे फिल्म निर्माण भएको हो ।
फिल्ममा देशभक्त खनाल, अर्जुनजङ्ग शाही, सन्तोष पन्त, मनोज शाक्य, बिशाल पहारी, बिजय बिष्फोट, पुजना प्रधान, गीता अधिकारी, महवीर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठलगायतका कलाकारहरूको अभिनय रहेकाे छ । पद्मा कुमारी फिल्मस प्रा.लि. र गङ्गानारायण फिल्मस् प्रालिको संयुक्त ब्यानरमा बनेको उक्त फिल्ममा मनोज शाक्य निर्माताको रूपमा रहेका छन् । रिमेश अधिकारी निर्देशित फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका छन् ।
बिपिन मल्लले सम्पादन तथा अच्युत गजुरेल र बसन्त खत्री मगरले भीएफएक्स गरेको फिल्मलाई रामशरण उप्रेतीले छायाँकन गरेका छन् । प्राचार्य रामराजा कुँवर र प्रा. डा. धनबहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’ मा ‘नालापानी’ आधारित रहेकाे छ । ज्ञानेन्द्र थपलिया कार्यकारी निर्माता रहेको फिल्मको सह-निर्मातामा गणेश कार्की छन् । सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको ‘नालापानी’ मा कविराज गहतराजको कोरियोग्राफी र रोशन श्रेष्ठको एक्सन छ । फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन ।
https://www.youtube.com/watch?time_continue=14&v=kNssnlTkXyo
प्रतिक्रिया