मोर्चाको माग सम्बोधन नभएको भन्दै व्यवस्थापिका संसद् आज पनि बहिष्कार

काठमाडौं, चैत्र २९ ।
व्यवस्थापिका संसद् बैठक आज पनि बहिष्कार गरेका छन् । बैठकमा सभामुख ओनसरी घर्ती मगरले बैठक सुरु भएको जानकारी गराए लगत्तै मधेश केन्द्रीत दलका सांसद्हरूले उठेर विरोध जनाएका थिए ।
त्यसलगत्तै समय लिएर बोलेका तमलोपाका सांसद् अकवाल अहमदले संविधानको धारा २७४ मा संघिय सीमांकन आयोग गठनपछि त्यसै आयोगले सिंमाकन निर्धारण गर्ने उल्लेख रहेको तर्फ ध्यानाकर्षण गराउदैँ सीमांकन सहितको विचाराधिन विधेयक फिर्ता लिने सरकारको प्रस्तावमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको विरोध रहेको बताएका थिए ।
कार्यसूचीमा संविधानको दोश्रो संसोधन विधेयक फिर्ता लिने विषय राखिएपछि त्यसको विरोध गर्दे मोर्चाका सांसद्ले सिंमाकनलाई थाती राखी नेपाल सरकारले नयाँ संविधान संशोधन विधेयक पेश गर्न लागेको भन्दै बैठक बहिष्कार गरी बाहिरीएका थिए ।
विचाराधिन संविधानको दोश्रो संशोधन विधेयक फिर्ता गरी नयाँ संशोधन ल्याउने तयारीको मधेश केन्द्रीत दलले विरोध समेत गरेका छन् ।
माग सम्बोधन नभएसम्म आफुहरूले बैठक बहिष्कार गर्ने र बन्दुकको भरमा निर्वाचन गराए त्यसबाट उत्पन्न हुने स्थितिको जिम्मेवार स्वय्म सरकार हुने कुरा बताएका थिए ।
प्रतिक्रिया