भारतका चर्चित अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको निधन

प्रकाशित मिति: १५ आश्विन २०७५, सोमबार १३:५६


काठमाडौं, असोज १५ ।
भारतका चर्चित अभिनेता राज कपूरकी श्रीमती कृष्णा राज कपूरको निधन भएको छ । ८७ वर्षको उमेरमा हृदयघाटका कारण उनको निधन भएको हो । भारतीय सञ्चार माध्यमले सोमबार बिहान ४ बजेतिर निधन भएको जानकारी दिएको छ ।

राज कपूर र कृष्णा मल्हात्राको विवाह सन् १९४६ मा भएको थियो । सन् १९८८ मा राज कपूरको निधन भएको थियो ।

कृष्णा लामो समयदेखी श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिइन् । राज र कृष्णाका पाँच छोराछोरी छन् । छोरीहरू ऋतु र रीमा रहेका छन् भने छोराहरू रणधीर, ऋषि र राजीव रहेका छन् ।

कृष्णाको निधनमा बलिउडका धेरै कलाकारले दुःख व्यक्त गर्दै परिवारका सदस्यलाई उद्धृत गरिरहेका छन् ।


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....