‘आँखामा छाँया बोकेर बाँच्नु छ सँधै हाँसेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियाेसहित)

प्रकाशित मिति: १८ आश्विन २०७५, बिहीबार १५:००


काठमाडौं, असोज १८ ।
तीन दशकभन्दा बढी साहित्यमा लागेर साहित्यभित्र रमाउने कवि, गीतकार एवं साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’को रचनामा गायिका संगीता रायमाझीको स्वर रहेको ‘आँखामा छाँया बोकेर बाँच्नु छ सँधै हाँसेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

साहित्यकार ‘अमर’का अनुसार, ‘आँखामा छायाँ बोकेर बाँच्नु गाह्रो त हुन्छ नै, अझ दुःखमा हाँस्नु त मुस्किल मात्र हैन असम्भव जस्तो नै हुन्छ । पीडामा पनि मनभित्र बस्ने भनेको आखिर याद रहेछ । जस्तोसुकै दुःख सुखमा आफ्नो बन्ने भनेकै बास्तबमा याद नै हुन्छ । गीतमा यादको बर्णन गरिएको दुःख सुख लुकेको कथा समेटिएको छ । आफूसँग अरु केही नभए पनि साथमा याद हुन्छ बाचूँन्जेल मायामा यादले बाँच्न सिकाउने रहेछ । गीतले यस्तै भन्छ किन कि फूलको रूप राम्रो हुन्छ नै त्यसैले झल्कोमा लुक्ने सपना मान्छेहरूमा हुनुपर्छ ।’

उक्त गीतमा बुद्ध साय्मीको संगीत र एरेन्जमा, रोशन कुमारको निर्देशनमा दिप गुरुङको छायांकन रहेको छ । फरक तरिकामा भिडियो फरक शैलीमा तयारी भएको देख्न सकिन्छ भने चोट पीडाले भरिएको गीत एक पटक सुनेपछि फेरि सुनु सुनु लाग्ने मनभित्र वास बसे जस्तो हुने यस भिडियोको सम्पादन रियान शाहको रहेको छ ।


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....