काे बन्छ कराेडपति छठपछि प्रशारण हुने

प्रकाशित मिति: १८ आश्विन २०७५, बिहीबार १८:३७


काठमाडौं, असाेज १८ ।
भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ ।

एसआरविएन मिडिया प्रालिले आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएकोे सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको बताएका छन् । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

काे बन्छ कराेडपतिको सञ्चालन नायक राजेश हमालले गर्नुहुनेछ । कार्यक्रमको छ भागका लागि दर्ता प्रक्रिया पूरा भएर छनोट चरणमा पुगेको जनाइएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

निलम्बित न्यायाधीश भुवन गिरी वैवाहित बलात्कार मुद्दामा सफाइ दिएसँगै कारागार मुक्त

काठमाडाैं, बैशाख १ । निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कारमा मुद्दामा सफाइ.....