राष्ट्रपति भण्डारी बैशाख ४ गते भारतको औपचारिक भ्रमणमा जाने

प्रकाशित मिति: ३० चैत्र २०७३, बुधबार १३:०५


काठमाडौं, चैत्र ३० ।
राष्ट्रपति विद्यादेवी भण्डारी भारतको पाँचदिने राजकीय भ्रमणका लागि आगामी बैशाख ४ गते त्यसतर्फ जाने औपचारिक घोषणा भएको छ ।

परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गरी सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका क्रममा राष्ट्रपति भण्डारीसँग भारतका राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीको शिष्टाचार भेटघाट हुनेछ ।

राष्ट्रपति भण्डारी त्यहाँ हुने विभिन्न स्वागत समारोहमा पनि सहभागी जनाउने छ भने भ्रमणका क्रममा गुजरात र उडिसा राज्य पनि पुग्ने जनाएको छ ।

राष्ट्रपति भण्डारी बैशाख ९ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....