राष्ट्रपति भण्डारी र नेपालका लागि भारतीय राजदूत पुरीबीच भेटवार्ता

प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहीबार ०६:५१


काठमाडौं, चैत्र ३१ ।
राष्ट्रपति विद्यादेवी भण्डारी र नेपालका लागि भारतीय राजदूत मञ्जितसिंह पुरीबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटवार्तामा २०७४ साल बैशाख ४ गतेदेखि सुरु हुने राष्ट्रपतिको मित्रराष्ट्र भारतको राजकीय भ्रमण एवं आपसीहितका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सोही अवसरमा सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो ।

यसैबीच, राष्ट्रपति भण्डारीसमक्ष नेपालका लागि श्रीलङ्काका राजदूत एस डब्लु परेराले बुधबार शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा भएको भेटमा दुई देशबीच रहिआएको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने एवं आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....