माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकीकरणको घोषणा

प्रकाशित मिति: ३१ चैत्र २०७३, बिहीबार १२:३९


काठमाडौं, चैत्र ३१ ।
नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टीबीच पार्टी एकीकरणको घोषणा भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल कम्युनिष्ट पार्टीका संयोजक टंक राईको उपस्थितिमा पार्टीको कार्यालय पेरिसडाँडामा आज एक कार्यक्रमको आयोजना गरी घोषणा गरिएको हो ।

एक वर्षदेखि दुई पार्टीबीच एकताको प्रयास भइरहे तापनि एकीकरणपछि पाउने पदमा भने टुङ्गो लागिसकेको छैन । एकीकरणपछि टंक राईलाई पार्टी हेडक्वाटर सदस्यको जिम्मेवारी दिइने केन्द्रले जानकारी दिएको छ ।

उक्त कार्यक्रममा नेपालको राजनैतिक संवेदनशीलता, विश्व कम्युनिष्ट आन्दोलनको वर्तमान स्थिति र नेपाली कम्युनिष्ट पार्टीहरूको पटक–पटक हुने टुट र फुटबाट विभिन्न प्रतिक्रियावादीहरूबाट नेपालको सार्वभौम स्वाभिमानमाथी हुने गरिएको हस्तक्षेपहरूलाई रोक्न, राष्ट्रियता, राष्ट्रिय अखण्डतालाई जोगाई राख्न र समृद्ध राष्ट्रको निर्माण गर्न माक्र्सवाद–लेलिनवाद–माओवादका आधारभूत सिद्धान्तको दार्शनिक आलोकमा वर्ग संघर्षमा विश्वास राख्ने कम्युनिष्ट क्रान्तिकारी पार्टी र व्यक्तिहरूबीच ध्रुबीकरणको अनिवार्य आवश्यकतामा दुबै पार्टी प्रतिबद्ध रहेको जनाएको छ ।

ऐतिहासिक आन्दोलनबाट प्राप्त गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीकताका आधारभूत प्रणालीलाई नेपालको वर्तमान राजनीतिक परिप्रेक्षमा संस्थागत र सुदृद्ध गर्न परिवर्तनकामी शक्तिहरूकाबीच ध्रुबीकरण आवश्यकताबारे दुबै पार्टीले सहमति व्यक्त गरेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

सुनचाँदी कारोबारको पहिलो दिन सुन तोलामा ३ हजारले घट्यो

काठमाडाैं, जेठ २५ । सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य.....