निर्मला पन्त काण्ड : अधिकारी दम्पत्तिकाे अवस्थाभन्दा बाहिर जाँदै

– सबिना सुवेदी
कञ्जनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकाे बलात्कारपछि हत्या भएकाे साढ तीन महिना नाघिसक्दासमेत वास्तविक अपराधी अहिलेसम्म पत्ता लगाउन सकिएकाे छैन । वास्तविक अपराधी पत्ता लगाउने कुरा त परै जाअाेस् घटनामा संलग्नहरूकाे समेत कुनै अत्ताेपत्ताे छैन । कति जनाकाे डीएनए टेष्टसमेत भए तर, नेगेटिभ रिपाेर्ट अाएकाे देखाएकाे छ । हुँदाहुँदै डीनएनए टेष्टमा समेत कतै राजनीतिक संरक्षण त छैन भन्ने कुराकाे अाशंकासमेत उब्जिन थालिसकेकाे छ ।
अाफ्नी छाेरीकाे वास्तविक अपराधीलार्इ पक्राउ गरी कडाभन्दा कडा सजाँयकाे माग राख्दै पन्तकी अामाबुबा राजधानीमा छिरेर न्याय माग्नसमेत भ्याए, पत्रकार सम्मेलन गरियाे तर, हातमा लाग्याे शून्य । निर्मला पन्तकाे समर्थनमा कैयाैँ सडकमा अाेर्लिएर राजधानी र विभिन्न जिल्लामा विराेध र्याली, अर्धनग्न जुलुस प्रदर्शन भए तर, पनि छानबिनकाे रिपाेर्ट पनि ज्युँकाे त्युँ नै अवस्था छ ।
अन्त्यमा केहीँ शीप नलागेपछि पन्तकाे न्यायकाे माग गर्दै अामाबुबा पनि यहीँ कार्तिक २५ गतेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्वार अगाडि नै अनिश्चितकालीन धर्नामा बस्न बाध्य भयाे । अहिले अनशनरत निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गा पन्तको स्वास्थ्य नाजुक बन्दै गएसँगै पन्तका बुबा यज्ञराज अहिले मानसिक राेगीकाे शिकार बनिसकेका छन् । उनकाे मानसिक सन्तुलन गुमेकाे अाभाषसँगै उनलार्इ अार्इतबार राति राजधानी ल्याएर टिचिङ्ग अस्पतालमा उपचाररत् छन् । याेभन्दा अगाडि उनलार्इ ज्वरो आउनुका साथै रुखा खोकी लागेको र हातखुट्टा दुख्ने समस्या देखा परेको थियाे भने निर्मलाकी अामा दुर्गालाई समेत ज्वरो आएको र रक्तचाप घटेको छ भने उपचारका लागि पुगेका महाकाली अञ्चल अस्पतालका चिकित्सक किशोर बोहराले दुबै जनाको चिसोका कारण स्वास्थ्य बिग्रँदै गएको बताएका थिए ।
यसरी स्वास्थ्यमा समस्या देखिएपछि सुदूरपश्चिम प्रदेशका आन्तरिक तथा कानूनमन्त्री प्रकाश शाहले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायको माग गर्दै धर्नामा बसेका निर्मला पन्तका परिवारलाई भेट गरी अाश्वासन दिनुबाहेक केहीँ उपलब्धी हात पारेन । र अन्त्यमा अहिले निर्मलाकी अामा र बुबा दुबै जनालार्इ राति नै राजधानीकाे टिचिङ्ग अस्पताल ल्याउन बाध्य भयाे ।
अब निर्मला पन्तकाे याे घटना कतै गाेरखा फुजेलका नन्दप्रसाद अधिकारी र उनकी पत्नी गंगादेवी अधिकारीकाे जस्तै बन्ने त हाेइन भन्ने शंकासमेत उब्जिन थालिएकाे छ । अधिकारी दम्पत्तिले अाफ्ना छाेरा कृष्णप्रसाद अधिकारीकाे हत्यारालार्इ कारबाही नभएसम्म अनशन नताेड्ने अडान लिँदै अामरण अनशन बसेका थिए ।
यसरी अामरण अनशनकै क्रममा करिब एक वर्ष पुग्नै लाग्दा नन्दप्रसाद अधिकारीकाे निधन भयाे । तर, पत्नी गंगादेवीले भने अनशनलार्इ निरन्तरता नै दिइन् । अाफ्ना पतिकाे शवसमेत बुझ्न मानिनन् । पतिकाे मृत्युपश्चात् पनि कति महिनासम्म पनि अनशनलार्इ निरन्तरता नै दिँदै गइन् । करिब एक वर्षपछि गंगामाया अधिकारीले छाेराकाे हत्यारालार्इ कारबाहीकाे माग गर्दै जारी राखेकाे अनशन ताेडिन् ।
सरकारले अधिकारी दम्पत्तिकाे छाेराकाे हत्याका अाराेपीहरूलार्इ अदालतमा उपस्थित गराउन पहल गर्ने प्रतिबद्धता जनाएपछि अनशन ताेडिएकाे थियाे ।
तर, याे निर्मला पन्त घटनाकाे सुइँकाेसमेत पत्ता नलागेकाे अवस्था रहेकाे छ । तर, अनशनले भने अधिकारी दम्पत्तिकाे झझल्काे दिन थालेकाे छ । यस्ताे अवस्थामा सरकारले अब कस्ताे कदम अगाडि बढाउला ? प्रसङ्ग जाेड्नु यहाँ स्वाभाविक नै हाे । अधिकारी दम्पत्तिकाे अवस्था अहिले निर्मलाकाे बुबाकाे जस्तै थिएन । अामरण अनशन बसे, तर, मानसिक अवस्थाकाे श्रृजना हुन पाएन ताकि, डाक्टरहरूकाे उचित हेरचाहका कारण याे समस्याबाट टाढा त भए तर, अन्त्यमा अाफ्नाे माग राख्दाराख्दै संसारबाट बिदा भए । यता, निर्मला पन्तका बुबा यज्ञराजकाे अनशन बसेकाे केहीँ साताभित्रै यसरी मानसिक सन्तुलन गुमेकाे अवस्थामा पुग्दा र अाफ्नी छाेरीकाे बलात्कारपछि हत्यालार्इ लिएर नानाथरी बाेल्न थालेपछि कसकाे पाे मन नराेलान् र ? तर पनि सम्बन्धित निकाय भने अहिलेसम्म किन मुकदर्शक जस्तै बस्दै छन् ? अर्काेतर्फ यहाँ निर्मलाका बुबाकाे अवस्था दिनहुँ बिग्रिदै गएकाे छ तर, यहाँ सरकार भने विश्व सुन्दरी श्रृंखला खतिवडालार्इ मिस वल्र्डकाे ताजका लागि भाेट माग्नु यसलार्इ के अर्थले बुझ्ने अाम सिधासाधा नेपाली जनताले ?
प्रतिक्रिया