हिमालयन शेर्पालार्इ पराजित गर्दै थ्रीस्टार डिभिजन लिगकाे तेश्राे स्थानमा

प्रकाशित मिति: २२ पुष २०७५, आईतवार २०:२९


काठमाडाैं, पुष २२ ।
जारी रहेकाे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत अाज भएकाे खेलमा हिमालयन शेर्पा क्लबलार्इ पराजित गर्दै ललितपुरकाे रुस्लान थ्रीस्टार क्लब प्रतियोगिताकाे तेस्रो स्थान हात पारेको छ ।

ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को खेल मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा रुस्लान थ्रीस्टारले हिमालयनलाई २ विरुद्ध शून्य गोल अन्तरले पराजित गर्दै लिगकाे तेस्रो स्थान प्राप्त गरेकाे हो । रुस्लान थ्रीस्टारको जितमा बुद्ध चेम्जोङ र रञ्जन बिष्टले एक–एक गोल गरेका हुन् । खेलको पहिलो हाफको २८ औँ मिनेटमा रञ्जन बिष्टको पासमा बुद्ध चेम्जोङले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका हुन् ।

त्यस्तै खेलको दोस्रो हाफको ८८ औँ मिनेटमा रञ्जित धिमालको पासलाई रञ्जन बिष्टले सदुपयोग गर्दै गोल गरे । उक्त जितसँगै थ्रीस्टारले लिगको १३ खेलमा आठ जित र दुई बराबरीसँगै २६ अङ्क जोडेको छ । पराजित हिमालयन शेर्पा १३ खेलमा १७ अङ्कका साथ सातौँ स्थानमा यथावत रह्यो । प्रतियोगिताको उपाधि यसअघि नै मनाङ–मस्र्याङ्दी क्लबले हात पारेको छ । त्यस्तै प्रतियोगितामा सङ्कटा क्लब दोश्राे भएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....