विश्व शारीरिक संगठनका स्वर्ण पदक विजेता महर्जन सम्मानित

प्रकाशित मिति: २३ पुष २०७५, सोमबार ०६:४९


काठमाडाैं, पुष २३ ।
नेपाल खेलाडी तथा प्रशिक्षक सङ्घले विश्व शारीरिक सुगठनका स्वर्ण पदक विजेता महेश्वर महर्जनलाई अाइतबार एक कार्यक्रमबीच भव्य सम्मान गरेको छ । उनलाई सङ्घले रु. ५० हजार नगदसहित सम्मानित गरेको हो ।

सोही अवसरमा संयुक्त अरब इमिरेट्स (यूएर्इ) जुनियर इन्टरनेशनल सिरिजको पुरुष एकलतर्फ स्वर्ण पदक विजेता प्रिन्स दाहाल, फुटबल रेफ्री बिना श्रेष्ठ र एभरेष्ट मार्सल आर्ट क्लबका प्रमुख प्रशिक्षक रबि शाहीलाई समेत सम्मानित गरिएको थियो । उनीहरूलाई पूर्वयुवा तथा खेलकुदमन्त्री शरतसिंह भण्डारी, राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्य एवं नेपाल कराँते महासङ्घका अध्यक्ष दावा गुरुङ, खेलाडी तथा प्रशिक्षक सङ्घका अध्यक्ष महेश महर्जनलगायतले सम्मान गरेका हुन् ।

विश्व विजेता महर्जनले थाइल्याण्डको चाङमाइमा गत डिसेम्बरमा भएको १० औँ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनशीपको शारीरिक सुगठनतर्फ पुरुष ७५ किलो तौलमा स्वर्ण पदक जितेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....