विश्व शारीरिक सुगठन विजेता महर्जनलार्इ सरकारद्वारा रु. सात लाख नगदसहित सम्मान

काठमाडाैं, पुष २६ ।
विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनशीपमा स्वर्ण पदक जित्न सफल नेपाली बल्डीबिल्डर्स महेश्वर महर्जनलाई सरकारले रु. सात लाख नगदसहित सम्मान गर्ने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले च्याम्पियनशीपका स्वर्ण विजेता महर्जनलाई रु. सात लाख नगद दिने तयारी गरेको जनाइएको छ ।
राखेप र खेलकुद मन्त्रालयले संयुक्त रूपमा सम्मान कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट महर्जनको राष्ट्रिय सम्मान गर्ने तयारी अगाडि बढाएको हाे ।
गत पुष १ गते थाईल्याण्डको चाङमईमा भएको १० औँ विश्व च्याम्पियनशीपमा महर्जनले पुरुष ७५ केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए । उनले भारत र सिङ्गापुरका खेलाडीलाई पछाडि पार्दै ७५ केजी ताैल समूहकाे प्रतिस्पर्धामा स्वर्ण पदक हात पारेका हुन् ।
प्रतिक्रिया