महिला टी–२० : पहिलाे खेलमा नै चीनलार्इ हराउँदै नेपालकाे शानदार विजयी सुरुवात

प्रकाशित मिति: २८ पुष २०७५, शनिबार १२:३४


काठमाडाैं, पुष २८ ।
महिला टी–२० स्मास क्रिकेट प्रतियाेगिताअन्तर्गत आजदेखि थाइल्याण्डमा सुरु भएको पहिलाे खेलमा नेपालले चीनलाई पराजित गर्न सफल भएकाे छ । नेपालले चीनलार्इ १० विकेटले हराउँदै विजयी सुरुवात गरेको हाे । नेपालका लागि नेरी थापा र करुणा भण्डारीकाे उत्कृष्ट बलिङ अाजकाे खेलमा महत्वपूर्ण रहन पुग्याे ।

समूह ‘ए’ मा रहेको नेपालले छिमेकी राष्ट्र चीनमाथि १० विकेटको शानदार जित हात पारेको हो। चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ दशमलव ४ ओभरमा पूरा गर्‍यो।

थाइल्याण्डको बैंककस्थित एशिया इन्ष्टिच्युट अफ टेक्नोलोजी मैदानमा भएकाे प्रतिस्पर्धात्मक खेलमा चीनविरुद्ध नेपालले टस जितर पहिले फिल्डिङ रोजेको थियाे । नेपालको जितका लागि सीता राना मगरले नटआउट २५ बल खेल्दै २४ रन बनाइन् भने उनले ३ चौका समेत प्रहार गरिकी छन् । यस्तै काजल श्रेष्ठले २९ बलमा एक चाैकासहित नटआउट १४ रन जोडिन् ।

टस हारेर पहिले ब्याटिङ राेजेको चीनले भने निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ४८ रन मात्र बनाएकाे थियाे । चीनका लागि ओपनर झाङ चानले मात्र १३ रन बनाइन् भने अन्य कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपाली बलरहरूका सामु चीनका खेलाडी निरीह जस्तै देखिएका थिए ।

नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका नेरी र करुणाले क्रमश: २ र ३ विकेट झारे । नेरीले ४ ओभरमा २ ओभर मेडन राख्दै ६ रन मात्र दिएर २ विकेट लिँदा करुणाले ४ ओभरमा ९ रन खर्चेर ३ विकेट लिएकी थिइन् ।

प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्ककङ्ग, थाइल्याण्ड, इण्डोनेशिया, भुटान र म्यान्मा रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल भाेलि अाइतबार मलेशियासँग, तेस्रो खेल पुष ३० गते साेमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....