कामभन्दा बढी कुराकाे नतिजा : १३ औँ सागकाे मिति टाढियाे

प्रकाशित मिति: ७ माघ २०७५, सोमबार १२:२८


काठमाडाैं, माघ ७ ।
सरकार जति कुरामा खरायाे जतिकाे तेज छ त्यत्ति नै काम भने कछुवाकाे गतिमा रहेकाे पछिल्लाे समय परिस्थितिले देखाइरहेकाे छ । पुनःनिर्माणदेखि लिएर अन्य काममा समेत ढिलासुस्ती हुनुका कारणले यहीँ प्रष्ट्याउँछ । सन् २०१९ को मार्चमा नेपालमा हुने तय भइसकेको १३ औँ दक्षिण एशियाली खेलकुद (साग)को निर्धारित मिति पुनः सारिएको छ । साग सचिवालयले पूर्वाधार निर्माण तथा तयारी पूरा नभएको भन्दै खेललाई छ महिना पर सार्न नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई पत्र पठाएपछि निर्धारित मिति सारिने भएको हो ।

आयोजनाको मुख्य स्थल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाकाे निर्माण कार्य अझै सम्पन्न भइनसकेपछि यस्ताे परिस्थिति श्रृजना हुन पुगेकाे हाे । जसका कारण आगामी मार्च महिनाका लागि तय भएको साग सर्ने प्राय निश्चित भएको हो।

सरकार मातहत गठित १३ औँ साग आयोजना सचिवालयबाट एनओसीलाई पत्र प्राप्त भएको उल्लेख गर्दै एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले पूर्वाधार निर्माणलगायतका कारण प्रतियोगिता छ महिना सार्न पत्र प्राप्त भएको जानकारी दिए ।

पदाधिकारीको अनुपस्थितिको कारण सागको नयाँ मिति तोक्ने बैठक समेत बस्न सकेको छैन । अर्काे मितिका लागि मार्चमा बैठक बसी छलफल गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

सागको मिति सार्ने विषयमा काउन्सिलका सबै सदस्य राष्ट्रको सहमतिमा एकता हुनु अत्यावश्यक हुन्छ । १३ औँ सागमा २७ खेल समावेश गर्ने निर्णय यसअघि नै तय भइसकेको थियाे ।

यसैबीच, पूर्वाधार अभावकै कारण मंसिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकुदसमेत पटक–पटक पछाडि सार्दै आएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....