स्ट्राइकर साला सवार जहाज सम्पर्कविहीन, सवार सबै जीवित हुने सम्भावना न्यून

प्रकाशित मिति: ९ माघ २०७५, बुधबार १४:१७


एजेन्सी, माघ ९ ।
कार्डिफ सिटीका चर्चित स्ट्राइकर इमिलियानो साला सवार रहेकाे हवाई जहाज सम्पर्कविहीन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाे छ । कार्डिफले सालालाई शनिबार क्लबको कीर्तिमानी मूल्य १५ मिलियन पाउण्डमा अनुबन्धित गरेको थियो । उनी चढेको सानो आकारको विमान च्यानल आइल्याण्डमाथि पुगेका बेला बेपत्ता भएको सञ्चारमाध्यमले जनाएकाे छ ।

समुन्द्रको तापक्रम र अवस्था हेर्दा बेपत्ता भएकाे जहाजमा रहेका सबै व्यक्ति जीवित भेटिने सम्भावना एकदमै न्यून रहेकाे बताइएकाे छ । घटनाको अनुसन्धान गरिरहेका प्रहरीले पनि हवाई जहाजको कुनै जानकारी अहिलेसम्म नभेटेको जनाएको छ । हवाई जहाजमा सालासँगै अर्का पिपियर मालिबु नामक व्यक्ति पनि सवार थिए ।

साला बेपत्ता भएको खबरले कार्डिफले ‘स्तब्ध’ भएको प्रतिक्रिया दिएको छ । उनले यसअघि खेल्ने गरेको क्लब नाटेसमा सयौँ शुभचिन्तकहरू भेला भएर प्रार्थना गरिरहेका छन् । साला नान्टेसबाट औपचारिक रूपमा बिदा लिएर कार्डिफ आउँदै गरेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....