एक दिवसीय क्रिकेट : नेपाल यूएईसँग पराजित

काठमाडाैं, माघ ११ ।
दुबईमा जारी रहेकाे पहिलाे एक दिवसीय क्रिकेटमा नेपाल यूएईसँग पराजित भएको छ । खेलमा नेपालले दिएको १ सय १४ रनको लक्ष्य यूएईले ३२ दशमलव १ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । १ सय १४ रनको लक्ष्य पछ्याएको यूएईले पनि गतिलो सुरुवात भने गर्न सकेको थिएन ।
टीमको स्कोर ५ हुँदा मोहम्मद अस्फिकलाई करण केसीले पहिलो विकेटको रूपमा आउट गरेका थिए । नेपालका पारस खड्का, करण केसी र सन्दिप लामिछानेले २/२ विकेट लिँदा सोमपाल कामीले १ विकेट लिएका थिए ।
यसअघि, टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ३३ दशमलव ५ ओभरमा १ सय १३ रन बनाउँदै अल आउट हुन पुगेकाे थियाे । नेपालका नियमित बलर सोमपाल कामीले सर्वाधिक ३० रन बनाउँदा, आरिफ शेखले २५, कप्तान पारस खड्काले २० तथा सन्दिप लामिछानेले १५ रन बनाए ।
यूएईका लागि मोहम्मद नाभिदले अमिर हायात ३/३ विकेट लिँदा इमरान हैदरले समान दुई तथा क्वेदर अहमदले १ विकेट लिएका थिए ।
प्रतिक्रिया