अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट खेल्न नेपाली टोली पाकिस्तान प्रस्थान

प्रकाशित मिति: १२ माघ २०७५, शनिबार १५:४४


काठमाडाैं, माघ १२ ।
पहिलो अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिज खेल्न नेपालको महिला नेत्रहीन क्रिकेट टोली आज पाकिस्तान प्रस्थान गरेको छ ।

पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको टी–२० सिरिजका लागि नेपाली टोली पाकिस्तान प्रस्थान गरेको हो ।

भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा कूल १५ जना खेलाडी रहेका छन् । प्रशिक्षकमा रिजन प्रजु छन् । नेपालले पहिलो खेल यही माघ १५ गते लाहोरमा खेल्नेछ । दोस्रो खेल १७ गते र तेस्रो खेल १८ गते फैसलावादमा हुनेछ । चाैँथो खेल माघ २० गते र पाँचौँ खेल माघ २१ गते इस्लामावादमा हुनेछ ।

नेपाल नेत्रहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरेले पहिलो पटक विदेशमा गएर खेल्न नेपाली नेत्रहीन महिला क्रिकेट टोली उत्साहित रहेको बताएका छन् ।

नेपालले सन् २०१४ मा घरेलु मैदानमा बेलायतको महिला टोलीलाई बोलाएर तीन खेलको सिरिज खेलेको थियो । उक्त सिरिज नेपालले ३–० ले जितेको थियो । सिरिजका लागि नेपालले करिब तीन साता तयारी गरेको थियो । पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान) भगवती अमगाई, मनकेसी चौधरी, शुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हिता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री, भुमा खरेल रहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....