युभेन्टसकाे अपराजित यात्रा कायमै, राेनाल्डाेकाे निर्णायक गाेल

प्रकाशित मिति: १४ माघ २०७५, सोमबार ०८:३६


काठमाडाैं, माघ १४ ।
जारी रहेकाे इटालियन सिरी ‘ए’ मा युभेन्टसको अपराजित यात्रा कायमै रहेको छ । गएराति भएको प्रतिस्पर्धात्मक खेलमा युभेन्टसले लाजियोलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

युभेन्टसलाई जिताउन जाओ कान्सेलो र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका छन् भने लाजियोका लागि युभेन्टसकै इमरे क्यानले आत्मघाती गोल गर्न पुगेका थिए ।

पहिलो हाफमा अत्यन्तै खराब खेल प्रस्तुत गरेकाे युभेन्टसले पहिलो हाफमा गोलका लागि कुनै सट प्रहार गर्न सकेन । दोस्रो हाफको ५९ औँ मिनेटमा आत्मघाती गोलबाट लाजियोले अग्रता कायम गरेपछि युभेन्टस दबाबमा आएको थियो । तर, खेलको ७४ औँ मिनेटमा सब्स्टिच्युटको रूपमा मैदानमा आएका कान्सेलोएल गोल गर्दै युभेन्टसलाई खेलमा फर्काएका थिए ।

त्यसपछि खेलको ८० औँ मिनेटमा युभेन्टसले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्दै रोनाल्डोले जित दिलाएका थिए । याेसँगै रोनाल्डोको यस सिजनको सिरी ‘ए’ मा १५ औँ गोल भएकाे छ ।

जितसँगै युभेन्टस यस सिजनको सिरी ‘ए’ मा लगातार २१ खेलमा अपराजित यात्रा कायमै रहेकाे छ । युभेन्टसको २१ खेलमा ५९ अंक रहेको छ भने दोश्राे स्थानमा रहेको नापोलीभन्दा ११ अंकले अगाडि रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....