नेपाल आईसीसीको बरियतामा प्रवेश गर्न सफल, यूएईसँग बराबर

काठमाडाैं, माघ १५ ।
नेपालले क्रिकेटको सर्वोच्च संस्था अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको एकदिवसीय वरियता सूचीमा स्थान बनाउन सफल भएकाे छ । यूएईसँगको शृंखला सकिएसँगै नेपाल वरियतामा प्रवेश गरेकाे हो । यूएईसँगको तीन खेलको समाप्तिसँगै नेपालले छ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ।
यसअघि नै नेपाल वरियतामा रहे पनि कम खेल खेलेको कारण आईसीसीले अंक दिएको थिएन । अब भने नेपाल औपचारिक रूपमा नै वरियतामा प्रवेश गरेको हो ।
यसअघि खेलेका छ खेलमा तीन हार र तीन जितको नतिजाले नेपाल पुछारमा अर्थात १५ औँ स्थानमा रहेकाे छ। नेपालको १५२ अंक र १५ रेटिङ अंक रहेकाे छ। १४ औँ स्थानमा रहेको यूएईको पनि १५ नै रेटिङ छ तर, उसको २६३ अंक रहेकाे छ । यद्यपि अंकको आधारमा नभई रेटिङको आधारमा भने वरियता निर्धारण हुने हुँदा नेपालले अब एक खेल जिते यूएईभन्दा अगाडि आउने निश्चित छ ।
प्रतिक्रिया