१७ सदस्यीय कराँते टाेली यूएईतर्फ प्रस्थान

काठमाडाैं, माघ १७ ।
जेकेएस कप कराँते प्रतियोगितामा सहभागिता जनाउन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली आज यूएईको शारजहाँतर्फ गएकाे छ ।
यही माघ १८ गते हुने प्रतियोगितामा गगन पुन, डिगम्बरप्रसाद पन्त, राम तामाङ, लक्ष्मण तामाङ, सागर शाही, सुशील पौडेल, कृष्ण बिष्ट, रोहित बुढाथोकी, सुजन श्रेष्ठ, फिञ्चोक दोर्जे लामा र पाल्मो लामाले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
प्रशिक्षकमा गजेन्द्र साउद र बिनोद शाक्य गुभाजु, व्यवस्थापकमा सिर्जना ढुङ्गाना र गणेशप्रसाद अर्याल तथा निर्णायकमा सिर्जना अधिकारी र हिरादेबी राई रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै पूर्वमन्त्री लेखराज भट्टले बुधबार बिदाई गरेका हुन् ।
यसैबीच, तेश्राे अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन पाँच खेलाडीसहितको नौ सदस्यीय नेपाली वादोरियो कराँते टोली आजै भारतको विशाखापट्टनम प्रस्थान गर्ने भएको छ ।
भारत जाने खेलाडीमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्नेछन् ।
टोली नेतामा नेपाल वादोरियो कराँते डो सङ्घका अध्यक्ष एवं नेपाल कराँते महासङ्घका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अङ्कध्वज परियार रहेका छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बुधबार एक कार्यक्रमबीच बिदाई गरेका थिए । प्रतियोगिता यही माघ १८ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया