‘एन आई सी एशिया रन फर हेल्थ’ प्रतियोगिता सम्पन्न

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार ०९:१४


काठमाडाैं, माघ २१ ।
नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गकाे ईजाजत पत्र प्राप्त संस्था एन आई सी एशिया बैंक लिमिटेडको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगर प्लाटिनम राउण्ड टेबल ११ र विराटनगर लेडिज सर्कल–५ को सहकार्यमा “एन आई सी एशिया रन फर हेल्थ” दौड प्रतियोगिता यहीँ माघ १८ गते विराटनगरमा भव्य रूपमा सम्पन्न भएको छ । विराटनगर–शंकरपुरस्थित जनता नमुना उच्च माध्यामिक विद्यालयमा आयोजना गरिएको “एन आई सी एशिया रन फर हेल्थ” दौड प्रतियोगितामा विराटनगरका विभिन्न कलेजहरूको सहभागिता रहेकाे थियो । राष्ट्रिय अर्बुदरोग निवारण दिवसको पूर्वसन्ध्यामा अर्बुद रोगको विषयमा सर्वसाधारणमा जनचेतना जगाउन सचेतना मूलक उक्त दौड कार्यक्रमको आयोजना गरिएको कार्यक्रममा संयोजक विकास बेगबानीले बताएका छन् ।

५ किलोमिटर दूरीको सो प्रतियोगितात्मक दौडमा करिब एक हजार जना युवायुवतीहरूले सक्रिय सहभागिता जनाएका थिए । नेपाल सरकार प्रदेश नं.–१ का संघीय संसद्का सांसद् मोती दुगड र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा चर्चित नायिका केकी अधिकारी र रिचा शर्मा अतिथिको रूपमा सहभागी भएकी थिइन् ।

प्रतियोगितामा छात्रतर्फ सिटी कलेज विराटनगरका सुम्रित यादव प्रथम, मेरील्याण्ड कलेजका समिर क्षेत्री दोश्रो र नगरग्राम उच्च माविका चिर्पा शेर्पा तेश्रो भएका थिए भने छात्रातर्फ अर्किड कलेजकी ज्योति त्रिताल प्रथम, सिटी कलेजकी श्रीसन घिमिरे दोश्रो र अर्किड कलेजकी रञ्जिता माझी तेश्रो भएकी थिइन् । प्रथम, दोश्रो तथा तेश्रो हुने खेलाडीहरूलाई पुरस्कार स्वरूप क्रमशः ३२ इञ्चकाे टेलिभिजन, माइक्रोवेभ ओभन र भ्याकुम क्लिनर प्रदान गरिएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २७५ शाखा कार्यालयहरू, २८९ एटीएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको बैंकद्वारा जारी गरिएकाे प्रेस विज्ञप्तिमा उल्लेख गरिएकाे छ । बैंकको वासलातको आकार रु. २१८ अर्बभन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब रु. १७५ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कूल कर्जा करिब रु. १४९ अर्बसहित निजी क्षेत्रका बैंकहरूमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रूपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको जनाएकाे छ । हालसम्म बैंकमा ग्राहकहरूको संख्या करिब १४ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएकोसमेत विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....