नेपाली क्रिकेट खेलाडीहरूलाई विमानस्थलमा भव्य स्वागत

काठमाडाैं, माघ २१ ।
एेतिहासिक सफलता हात पार्न सफल नेपाली राष्टिय क्रिकेट टोलीलाई नेपालमा पाईला टेकेलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागतसँगै सम्मान गरेकाे छ । नेपाली क्रिकेट टाेलीले यूएईविरुद्ध एक दिवसीय र टी–२० सिरिज जितेर नेपाली र नेपालकाे शान राख्न सफल भएकाे छ ।
टोली आज दिउँसो ३ बजेर ५० मिनेटमा त्रिभुवन विमानस्थल आइपुगेको हो । टोलीलाई स्वागत गर्न नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमिल्सेना,सदस्य सचिव केशब बिष्टलगायत खेलकुद पदाधिकारीसहित हजारौँकाे संख्यामा खेलप्रेमीहरू स्वागत गर्न विमानस्थल पुगेका थिए ।
समर्थकहरूले क्रिकेट टोलीलाई स्वागत गर्न नेपाली राष्ट्रिय झण्डासहित ’नेपाल नेपाल’ भन्दै खेलाडीहरूलाई थप हाैसला प्रदान गर्नुका साथै वातावरणसमेत उल्लासमय बनाएका थिए । यूएईविरुद्धको एक दिवसीय र टी–२० दुबै श्रृङ्खलामा नेपालले समान २–१ ले खेल आफ्नो पक्षमा पारेर इतिहास रचेको याे पहिलाे पटक हाे ।
प्रतिक्रिया