३३ वर्षीय भारतीय क्रिकेटर खेल्दाखेल्दै मृत्युवरण

प्रकाशित मिति: २१ माघ २०७५, सोमबार १९:१२


एजेन्सी, माघ २१ ।
संसारमा यस्ता धेरै घटना छन् जाे सुन्दा पनि अपत्यारिलाे लाग्छ तर, त्याे वास्तवमा सत् प्रतिशत सही नै रहेकाे छ । यस्तै घटना हुन पुगेकाे छ छिमेकी राष्ट्र भारतमा । अहिले विश्वलाई नै तताईरहेकाे खेल क्रिकेट खेल्ने क्रममा एक खेलाडी खेल्दाखेल्दै मृत्युवरण गर्न पुगेकाे छ । क्लब खेलका क्रममा भारतीय मूलका एक क्रिकेटरमाथि यस्तै घटना हुन पुगेको छ । न्यूजिल्याण्डको डुनेडिन शहरमा भइरहेको खेलमा भारतीय मूलका ३३ वर्षीय हरिश गंगाधरनको खेल्दाखेल्दै अचानक ज्यान गएको हो ।

उनी त्यस खेलमा २ ओभर बलिङ गरिसकेका थिए । र, फिल्डिङ गरिरहेकै क्रममा गंगाधरन मैदानमै एकाएक ढल्न पुगेका थिए । सँगै भएका खेलाडीले उनलाई उठाउन खोज्दासम्म गंगगाधरनले याे संसारलाई त्यागी सकेका थिए अर्थात उनकाे प्राण गइसकेकाे थियाे ।याे समाचार भारतीय सञ्चारमाध्यमले विशेष प्राथमिकताका साल लेखेका छन् ।

भारतीय सञ्चारमाध्यमले लेखेअनुसार हरिश ग्रीन आइसल्याण्ड क्रिकेट क्लबका लागि खेल्दे अाइरहेका खेलाडी थिए । उनको मृत्युपछि हरिश आबद्ध क्लबका अध्यक्षले दुःख व्यक्त गर्दै भनेका छन्, ‘यो खबरले मेरो दिल साह्रै दुःखेको छ । उनलाई बचाउन हरसम्भव कोशिस गरे पनि बचाउन नसकिएकोमा निकै दुःखीसमेत छौं ।’ उनकाे अात्माले चीर शान्ति पाउन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....