हिराे गाेल्डकप : अंकविहीन इरानसँग नेपालकाे प्रतिस्पर्धा, जित हात पारे फाइनल प्रवेश

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार ११:१२


काठमाडाैं, फागुन १ ।
छिमेकी राष्ट्र भारतमा जारी रहेकाे हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानसँग प्रतिस्पर्धा गर्ने भएका छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज दिउँसाे ४ बजे नेपाल र इरानबीचको खेल सुरु गर्ने कार्यतालिका रहेकाे छ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले अहिलेसम्म ३ अङ्क बटुलिसकेकाे छ ।

आज हुने खेलमा यदि इरानविरुद्ध जित निकालेको खण्डमा नेपाल शीर्ष २ मा पर्दै फाइनल पुग्नेछ भने पराजित भएको खण्डमा अर्को खेलको नतिजा कुर्नुपर्ने अवस्था आउने छ ।

यसैगरी, आजै हुने अर्काे खेलमा म्यानमार र भारतबीच प्रतिस्पर्धा हुने भएकाे छ । उक्त खेल बराबरी खेलेमा वा म्यानमारले भारतलाई हराएमा वा भारतले थोरै गोल अन्तरमा म्यानमारलाई हराएमा नेपाल फाइनल पुग्ने सम्भावना प्रबल हुनेछ ।

यस्तै म्यानमारले भारतलाई हराएर सानो गोल अन्तरका आधारमा इरानसँग हारेमा पनि नेपाल फाइनल पुग्न सम्भावना बलियाे हुनेछ । चार टोली आयोजक भारत, इरान, नेपाल र म्यानमार सहभागी प्रतियोगिताका शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् ।

दुई चरणका खेल समाप्त हुँदासम्म म्यानमार दुबै खेल जित्दै ६ अङ्कसहित शीर्ष स्थानमा रहेकाे छ भने नेपाल ३ अङ्कसहित दोश्राे स्थानमा र भारत पनि समान ३ अङ्कसहित तेश्राे स्थानमा रहेकाे छ भने इरान भने अङ्ककविहीन रहेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....