नेपालद्वारा इरान ३ विरुद्ध शून्य गोलले पराजित

प्रकाशित मिति: १ फाल्गुन २०७५, बुधबार २०:०९


काठमाडौं, फागुन १ ।
भारतमो जारी रहेकाे हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा आज नेपालले इरानलाई ३ विरुद्ध शून्य गोलले पराजित गर्दै शानदार जित हात पार्न सफल भएको छ ।

खेल सुरु भएको ४१ औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी थिइन् । त्यसपछि दोश्रो हाफमा खेलको ५९ औँ मिनेटमा साबित्रा भण्डारीले नेपालका लागि दोश्रो गोल गरेकी थिइन् । भारतविरुद्ध पनि दुई गोल गरेकी भण्डारीले इरानसँग पनि खेलको ८९ औँ मिनेटमा नेपालका लागि तेश्रो गोल गरेकी थिइन् ।

आजको रोमाञ्चक खेलमा नियमित कप्तान निरु थापा चोटका कारण खेल्न नसक्ने भएपछि उनको स्थान लिम्बुले लिन पुगिन् । आजको खेलमा फिफा बरियतामा ६० औँ स्थानमा रहेको इरानलाई १०६ औँ स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्दै हराउन सफल भएको छ ।

फाइनल पुग्नका लागि नेपालले म्यानमार र भारतबीचको खेलको परिणाम कुर्नु पर्नेछ । नेपाल र म्यानमारको समान ६–६ अंक रहेको छ भने भारतको ३ अंक रहेको छ । यदि म्यानमारले भारतलाई हराएको खण्डमा वा खेल बराबरीमा समाप्त भएमा नेपाल स्वतः फाइनलमा प्रवेश गर्नेछ । यदि म्यानमारलाई भारतले ठूलो गोल अन्तरले जितेमा नेपालको फाइनल पुग्ने यात्रामा बाधक बन्न सक्नेछ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....