हिराे महिला गाेल्डकप : भारत पराजित भएसँगै नेपाल म्यानमारसँग फाइनल भिडन्त

काठमाडाैं, फागुन २ ।
भारतमा जारी रहेकाे हिरो महिला गोल्डकप फुटबलको फाइनलमा नेपाल प्रवेश गरेको छ । लिग चरणको अन्तिम खेलमा म्यानमारले भारतलाई पराजित गरेसँगै नेपाल उपबिजेताका रूपमा प्रतियोगिताको फाइनल प्रवेश गरेको हो ।
प्रतियोगितामा म्यानमार अपराजित रहँदै ९ अङ्कका साथ फाइनल प्रवेश गरेकाे हाे । तीन खेलमा ६ अङ्क जोडेको नेपालले उपबिजेताको रूपमा म्यानमारसँग उपाधि भिडन्त पक्का गरेकाे हाे । नेपालले अब उपाधिका लागि भाेलि शुक्रबार म्यानमारसँग अन्तिम प्रतिस्पर्धा गर्नेछ ।
आयोजक भारतले एक जितसहित ३ अङ्क बटुलेकाे छ भने इरान अङ्कविहीन हुँदै घर फर्कन बाध्य भएकाे छ । यसअघि बुधबार भएको लिग चरणको अन्तिम खेलमा इरानलाई पराजित गर्दै नेपालले फाइनल प्रवेश गर्ने सम्भावनालाई बलियाे बनाएको थियो ।
नेपालको जितमा सावित्रा भण्डारीले दुई तथा अनिता बस्नेतले एक गोल गरेकी थिइन् । साफ च्याम्पियनशीप र ओलम्पिक छनाैटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा आयोजक भारतसँगै म्यानमार, इरान र नेपाल सहभागी रहेकाे छ ।
प्रतिक्रिया