आईसीसी महिला विश्कप छनोट : नेपालको तेश्रो जित, हङकङ ४ विकेटले पराजित

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आईतवार १६:०५


काठमाडौं, फागुन १२ ।
जारी रहेको आईसीसी महिला विश्वकप क्रिकेट छनोटअन्तर्गत आज भएको प्रतिस्पर्धात्मक खेलमा हङ्ककङ्कलाई पराजित गर्दै नेपालले जित हासिल गरेको छ ।

थाईल्याण्डको बैंककस्थित एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीको मैदानमा भएको लिग चरणको आफ्नो चौथो खेलमा नेपालले हङ्ककङ्कलाई ४ विकेटले पराजित गर्दै जित हात पारेको हो । नेपाललाई हङ्ककङ्कले ६३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेकोमा नेपालले १८ दशमलव ३ ओभरमा मात्र ६ विकेटको क्षतिमा जित दर्ता गरेको हो ।

१० ओभरसम्म ४ विकेट गुमाउँदै मात्र २४ रन बनाएको नेपालको धरासाही इनिङ्क अप्सरा बेगम र सरिता मगर मिलेर ३२ रनको साझेदारी गरेपछि नेपालको जितको आधार तय भएको थियो ।

नेपालका लागि सर्वाधिक २४ रन अप्सराको ब्याटबाट आएको थियो भने सीता रानामगरले १६ रन बनाएकी थिइन् । अन्य खेलाडीले भने दोहोरो अंक जोड्न सकेन । हङ्ककङ्कको लागि जसमिनी टिटमुसले ३ विकेट हात पारेकी थिइन् । यि सान तो, मारिको हिल र क्यारी चानले समान १–१ विकेट हात पारेकी थिइन् ।

यसअघि हङ्ककङ्कको लागि मरीना लाम्पलोले सर्वाधिक १९ रन बनाइन् । यस्तै यास्मिन दसवानीले १६ र बेला पुनले ११ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक छुन सकेनन् ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....