आईसीसी महिला टी–२० मा नेपाललाई चौथो सफलता, चीन पाँच रनले पराजित

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार १६:०२


काठमाडौं, फागुन १३ ।
जारी रहेको आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेटअन्तर्गत आज नेपालले चीनलाई पनि पराजित गर्दै चौथो जित दर्ता गर्न सफल भएको छ । थाइल्याण्डको बैंककमा भएको उक्त खेलमा नेपालले चीनलाई ५ रनले पराजित गरेको हो ।

७८ रनको चुनौती पछ्याएको चीनले २० ओभरमा ६ विकेटको क्षतिमा ७२ रन मात्र बनाउन सकेको थियो । सो खेलमा चीनका लागि झाङ मेइले सर्वाधिक ३३ रन बनाएको इनिङ्गसमा नेपालका सीता रानामगरले ३ तथा कविता कुँवरले १ विकेट लिएकी थिइन् । दुई खेलाडी ‘रनआउट’ भए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ७७ रन बनाएको थियो । काजल श्रेष्ठले १८ रन जोड्दा अलराउण्डर सीताले ११ रन बनाइन् । त्यसैगरी, बिन्दु रावलले १० रन बनाएकी थिइन् । त्यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

प्रतियोगितामा नेपाल पाँच मध्ये चार खेलमा सफलता हासिल गर्दै ८ अंकसहित तेश्रो स्थानमा पुग्न सफल भएको छ । यो प्रतियोगितामा जित्ने टीम मात्र विश्वकपको ग्लोबल छनोटमा पुग्ने भएकाले नेपाल अझै दवाबमा नै रहेको छ ।

आयोजक थाइल्याण्ड ५ खेलबाट १० अंकसहित शीर्ष स्थानमा रहेको छ भने यूएई ८ अंकसहित दोश्रो स्थानमा रहेको छ ।

अब नेपालले बाँकी खेल जितेर मात्र छनोटमा पर्न गाह्रो छ, त्यसका लागि थाइल्याण्डले पनि बाँकी प्रतिस्पर्धीहरूसित पनि भारी अन्तरले हार व्यहोर्नु पर्नेछ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....