ईपीएलमा लिभरपुलको फराकिलो जित, अग्रता कायमै

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहीबार ०९:२२


काठमाडौं, फागुन १६ ।
जारी रहेको इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई ५ विरुद्ध शून्य गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा रहेको लिभरपुलले फराकिलो जितसमेत दर्ता गर्न सफल भएको छ । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो माने र भिर्गिल भान डिज्कले २–२ गोल गरेका थिए भने डिभोक ओरिगीले थप एक गोल गरेका थिए ।

वाट्फोर्डविरुद्ध लिभरपुलले खेलको नवौँ मिनेटमा मानेको गोलबाट अग्रता बनाएको थियो । २० औँ मिनेटमा मानेले व्यक्तिगत दोश्रो गोल गर्दै लिभरपुललाई २ विरुद्ध शून्य गोलले अग्रता दिलाएका हुन् । पहिलो हाफसम्म २ विरुद्ध शून्य गोलले अगाडि रहेको लिभरपुलले दोश्रो हाफमा थप ३ गोल गर्यो । खेलको ६६ औँ मिनेटमा ओरिगीले गोल गर्दै लिभरपुलको अग्रता ३ विरुद्ध शून्य गोल बनाए ।

खेलको ७९ औँ मिनेटमा डिज्कले गोल गर्दा लिभरपुलको अग्रता ४ विरुद्ध शून्य गोल हुन पुग्यो । त्यसपछि खेलको ८२ औँ मिनेटमा डिज्कले व्यक्तिगत दोश्रो गोल गर्दै लिभरपुललाई ५ विरुद्ध शून्य गोलले जित दिलाए । जितसँगै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता कायमै राख्न सफल भएको छ । लिभरपुलले २८ खेलबाट ६९ अंक जोडेको छ । र, लिभरपुल दोश्रो स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंकले अघि रहेको छ । सिटीको ६८ अंक रहेको छ । पराजित वाट्फोर्ड ४० अंक जोडेर लिगको आठौँ स्थानमा रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....