नेपाललाई पहिलो सफलता, नेपालद्वारा भुटान ३ विरुद्ध शून्य गोलले पराजित

प्रकाशित मिति: २८ फाल्गुन २०७५, मंगलवार १७:३७


विराटनगर, फागुन २८ ।
आजबाट सुरु भएको पाँचौ साफ महिला फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले पहिलो सफलता हासिल गरेको छ ।

विराटनगरस्थित शहीद रङ्गशालामा आज भएको पहिलो खेलमा नेपालले भुटानलाई ३ विरुद्ध शून्य गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

नेपालका लागि मञ्जली कुमारी योञ्जन, सावित्री भण्डारी र कप्तान निरु थापाले एक–एक गोल गरेकी थिइन् । नेपालका लागि मञ्जलीले खेलको १३ औँ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसपछि सावित्रीले खेलको १६ औँ मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारेकी थिइन् ।

पहिलो हाफमा नेपालले २ विरुद्ध शून्य गोलले अग्रता लिएकोमा खेलको ५४ औँ मिनेटमा कप्तान निरुले थप एक गोल गर्दै नेपालको अग्रता तेब्बर पारेका थिए ।

पाँचौ साफ महिला फुटबल प्रतियोगिता आगामी चैत्र ८ गतेसम्म जारी रहने छ । प्रतियोगितामा नेपाल, भारत, भुटान, बङ्गलादेश, माल्दिभ्स र श्रीलङ्काको राष्ट्रिय महिला फुटबल टोलीको सहभागिता रहको छ । प्रतियोगितामा सार्क देश पाकिस्तान भने सहभागी भएको छैन ।

प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भुटान र बङ्गलादेश तथा समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स रहको छ ।

प्रतियोगिताअन्तर्गत दोश्रो खेल फागुन २९ गते भारत र माल्दिभ्सबीच हुनेछ । त्यस्तै फागुन ३० गते भुटान र बंगलादेश, चैत्र १ गते माल्दिभ्स र श्रीलंका, चैत्र २ गते नेपाल र बंगलादेशबीच खेल हुनेछ । त्यस्तै समूह चरणको अन्तिम खेल चैत्र ३ गते श्रीलंका र भारतबीच प्रतिस्पर्धा हुनेछ ।

यसैगरी, चैत्र ६ गते दुबै सेमिफाइनल खेल हुने छन् भने चैत्र ८ गते प्रतियोगिताको फाइनल खेल हुनेछ । समूह चरणका सबै खेल अपरान्ह ३ बजे गर्ने तय गरिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....