साफ महिला च्याम्पियनशीप : सेमिफाइनलमा नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा

प्रकाशित मिति: ३० फाल्गुन २०७५, बिहीबार १७:४६


काठमाडौं, फागुन ३० ।
पाँचौँ साफ महिला फुटबल च्याम्पियनशीपअन्तर्गत विराटनगरमा जारी रहेको फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह ‘ए’को खेलमा भुटानले लगातार दोश्रो हार व्यहोरेसँगै नेपालले एक खेलअगावै सेमिफाइनल यात्रा पक्का गरेको हो । नेपालले भुटानलाई मंगलबार ३ विरुद्ध शून्य गोल अन्तर पराजित गरेको थियो । आज भएको प्रतिस्पर्धात्मक खेलमा बंगलादेशले भुटानलाई २ विरुद्ध शून्य गोलले पराजित गरेको हो ।

आजको खेलमा दुबै टीमबाट पहिलो हाफसम्म कुनै गोल हुन सकेन । मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको बंगलादेशका लागि ४७ औँ मिनेटमा मिश्रात जहान मौसमी र ८५ औँ मिनेटमा सबिना खातुनले शानदार गोल गरेकी थिइन् ।

जितसँगै तीन टीम सहभागी समूहबाट बंगलादेश पनि सेमिफाइनलमा प्रवेश गरेको छ भने भुटान प्रतियोगिताबाटै बाहिरिएको छ ।

शनिबार हुने सेमिफाइनल खेलबाट नेपाल र बंगलादेशबीचको समूह बिजेता र उपबिजेताको टुङ्गो लाग्नेछ । त्यसैगरी, अर्को समूहको खेलमा बुधबार भारतले माल्दिभ्सलाई ६ विरुद्ध शून्य गोलले पराजित गरेको थियो ।

प्रतियोगिताअन्तर्गत भोलिको खेलमा माल्दिभ्सले श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....