जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा एन आई सी एशिया बैंक विजयी
काठमाडौं, चैत्र ८ ।
विश्वासिलो, आधुनिक र सहज बैंकिङ सेवा प्रदान गरेर आम जनमानसको मन जित्न सफल एन आई सी एशिया बैंक लिमिटेडले खेलकुद प्रतियोगितामा समेत आफ्नो सबल उपस्थिति जनाउँदै आएको र प्राय सबै बैंकिङ्ग परिसूचकहरूमा अग्रस्थान ओगट्न सफल बैंकले फागुन ३० गतेदेखि चैत्र २ गतेसम्म चितवनको सौराहमा सम्पन्न जंगल क्रिकेट कर्पोरेट टुर्नामेण्टमा सम्पूर्ण प्रतिष्पर्धी टीमहरूलाई हराउँदै एन आई सी एशिया बैंकको टीम विजयी भएको छ ।
पालोमा इन्टरनेशनल इभेन्ट्स एण्ड स्पोर्टस म्यानेज्मेण्ट (प्रा.) लिमिटेडले आयोजना गरेको सो टुर्नामेण्टमा विभिन्न क्षेत्रका कर्पोरेट टीमहरूको सहभागिता रहेको थियो । बैंकले यस अगाडि समेत विभिन्न संघसंस्थाहरूले आयोजना गरेको खेलकुद प्रतियोगिताहरूमा जस्तैः KKXI Corporate Cup Indoor Cricket 2018 मा प्रथम, Century Bank Corporate Super Sixes Cricket 2018 मा दोश्रो, The Banker’s Cup 2018 मा दोश्रो तथा NIC ASIA Bank Corporate Indoor Cup 2017 मा दोश्रो हुँदै खेलकुद क्षेत्रमा समेत आफ्नो वर्चश्व स्थापित गर्दै आइरहेको बैंकद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर दुई सय ८१ वटा शाखा कार्यालयहरू, दुई सय ८९ वटा एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग ईकाईमार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको विज्ञप्तिमा जनाएको छ । करिब १४ लाख ५० हजार आदरणीय ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको बैंकमा प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया