महिला साफ च्याम्पियनशीप : नेपाल भारतसँग ३–१ गाेलले पराजित

प्रकाशित मिति: ८ चैत्र २०७५, शुक्रबार १७:०१


काठमाडाैं, चैत्र ८ ।
विराटनगरकाे शहीद रङ्गशालामा जारी रहेकाे महिला साफ च्याम्पियनशीपअन्तर्गत आज भएकाे फाइनल खेलमा नेपाल भारतसँग ३–१ गाेलले पराजित हुन पुगेकाे छ । पहिलो हाफसम्म दुबै टाेलीले १–१ गाेल गरी बराबरीमा सम्पन्न खेलमा दाेश्राे हाफपछि नेपालमाथि भारतीय टाेलीले निक्कै दबाबमा राख्दै भारतले दोश्राे हाफको ६२ औँ र ७१ औँ मिनेटमा गोल गर्दै भारतले ३–१ गोलले अग्रता लिएकाे थियाे ।

पहिलो हाफमै अग्रता लिएको भारतसँगको खेलमा नेपालकी सावित्रा भण्डारीले बराबरीमा ल्याएकी थिइन् । जारी खेलको २६ औँ मिनेटमा डालिमा छिब्बरले करिब ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो ।

हिराकुमारी भुजेलले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी थिइन् । तर, ३३ औँ मिनेटमा डिफेण्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काएकी थिइन् ।

याेसँगै यसपटककाे साफ च्याम्पियनशीपकाे पाँचाैँ पटक पनि भारतले उपाधी चुम्न सफल भएकाे छ भने नेपाल दाेश्राे स्थानमा नै कायम हुन पुगेकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....