बेरोजगारी समस्या अन्त्यमा ध्यान केन्द्रित गरिन्छ : मन्त्री पण्डित

प्रकाशित मिति: ११ चैत्र २०७५, सोमबार ०८:३२


लहान, चैत्र ११ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार मुलुकमा रहेको गरिबी र बेरोजगारी समस्या अन्त्यका लागि ध्यान केन्द्रित गरेको बताएका छन् । सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा आइतबारदेखि सुरु भएको दोश्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले जनताको मुख्य दुश्मन गरिबी भएकाले सरकार गरिबी र बेरोजगारी समस्या अन्त्य गर्नेतर्फ केन्द्रित रहेको बताएका हुन् ।

स्थानीय, प्रदेश र सङ्घीय सरकारको विभिन्न योजना गाउँ–गाउँमा पुग्न थालेको उल्लेख गर्नुहुँदै मन्त्री पण्डितले अबको चार वर्षमा विकास निर्माणले एउटा गति लिने विश्वास व्यक्त गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार भएको उद्घाटन खेलमा वीरगञ्ज यूनाइटेड क्लब पर्साले डाँगी हाट फुटबल क्लब बेलवारीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको बिजेताले नगद रु. दुई लाख २२ हजार नगद र उपबिजेताले नगद रु. एक लाख ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसअघि आइतबारै मन्त्री पण्डितले गोलबजार नगरपालिका–३ लालपुरमा एकीकृत नमूना दलित बस्तीको उद्घाटनसमेत गरेका छन् । सङ्घीय सरकारको समृद्धि कार्यक्रमअन्तर्गतको रु. एक करोड १० लाखको लागतमा उक्त बस्ती निर्माण हुने जनाइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते शुक्रबार तीनकुने घटनामा राज्यविरुद्धको कसुर गरेको आरोपमा.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....