नेपाल टेलिकलले ल्याएको सस्तो इन्टरनेट प्याकेज अफर

काठमाडौं, बैशाख १० ।
एनसेलले इन्टरनेटको डाटा शुल्क घटाएपछि नेपाल टेलिकमले पनि सस्तो इन्टरनेट डाटा प्याकेज अफर ल्याएको छ । नेपाल टेलिकमले जनाएकोअनुसार नाइट टाइम प्याकेज, अल टाइम प्याकेज, डे–नाइट डाटा प्याकेज, फेसबुक डाटा प्याकेज र नाइट भ्वाइस प्याकेज अफर रहेको छ ।
नाइट टाइम प्याकेज अफरअन्तर्गत राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने गरी एक हप्ताको लागि पाँच सय एमबीको ४५ रुपैयाँ, १५ दिनको लागि १२ सय एमबीको ९० रुपैयाँ, एक महिनामा ३०७२ एमबीको लागि दुई सय रुपैयाँ, एक महिनामा ६६५६ एमबीको लागि तीन सय रुपैयाँ तोकिएको छ ।
त्यस्तै अल टाइम प्याकेजअन्तर्गत एक महिने अवधिका लागि चार सय एमबीको एक सय रुपैयाँ ८५० एमबीको दुई सय रुपैयाँ १५०० एमबीको तीन सय रुपैयाँ तोकिएको छ भने यो सेवा २४ सै घण्टा प्रयोग गर्न सकिन्छ ।
डे–नाइट डाटा प्याकेजअन्तर्गत बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म चलाउन मिल्ने एक सय एमबी र राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन मिल्ने ५०० एमबी डाटा प्याकको शुल्क एक सय रुपैयाँ रहेको छ भने यो प्याक अवधि सात दिन मात्र रहनेछ ।
फेसबुक डाटा प्याकेजअन्तर्गत जुनसुकै बेला चलाउन मिल्ने १०० एमबीको २२ रुपैयाँ ६० पैसा शुल्क तोकिएको छ । यो सेवा पाँच दिन लिन सकिन्छ ।
नाइट भ्वाइस प्याकेजअन्र्तगत राति १० बजेदेखि बिहान ६ बजेसम्म चलाउने सक्ने २५० मिनेटक लागि २५ रुपैयाँ ताकिएको छ । यो सात दिन चलाउन सकिन्छ ।
यो सुविधाहरू प्रयोग गर्न *१४१५# डायल गनुपर्नेछ ।
प्रतिक्रिया